काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबिच छलफल भएको छ ।
विप्लव निवास हरिसिद्धी,ललितपुरमा तीन नेताबिच छलफल भएको हो ।
शर्मा र भुसाल छलफलका लागि विप्लवलाई भेट्न हरिसिद्धी पुगेका छन् ।
पछिल्लो समय दलहरुबिच एकता र टुटफुट तीव्र चलिरहेको छ । यसैक्रममा तीन नेताबिच छलफल भएको हो ।
शर्मा नेकपा माओवादी केन्द्रबाट अलग भएका हुन् भने भुसाल नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्रको एकतामा समावेश नभएका हुन् ।
शर्माले हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । नेकपाले आगामी चुनावमा भाग लिने योजनासहित पार्टी दर्ताको निवेदन दिइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्