बढ्यो ग्लोबल आइएमई बैंकको नाफा


काठमाडौँ । आर्थिक वर्ष २०८२ ८३ को पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा २२.९२ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यो अवधिमा एक अर्ब ८५ करोड ८६ लाख ५० हजार रूपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रूपैयाँ नाफा खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशतले बढेको छ । या अवधिमा बैंकले ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ११ करोड ८९ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको संचालन नाफा १०.४४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको यस्तो नाफा २ अर्ब ३७ करोड १६ लाख ३६ हजार रूपैयाँ कायम भएको छ ।

यो अवधिमा बैंकमा ५.७४ प्रतिशतले निक्षेप बढेको छ भने २.७२ प्रतिशतले कर्जा प्रवाह बढेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रूपैयाँ छ ।

बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १९.५१ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १७९.५० रूपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।