निर्वाचन आयोगमा विप्लव (तस्बिरहरू)


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द‘विप्लव’ले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा आज दल दर्ताको लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुगेका महासचिव विप्लवले निर्वाचनको वातावरण बन्न नसकेको बताएका हुन् । उनले भने,“ अहिले चुनावको वातावरण बनिसकेको छैन । त्यो त साँचो हो । तर एक दिन त चुनाव हुन्छ ।”

महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरूले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गरे ।

महासचिव विप्लवले भने,“निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रुपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्छौँ ।”