प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

ब्युरोले काठमाडाैँ बिजुलीबजारमा रहेकाे बैंकमा छापा हानेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार ब्युरोले २ ओटा गाडीमा कागजात लिएर गएको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेपछि ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा पनि छापामा मारेको हो ।

ब्युरो स्रोतका अनुसार भट्टचनले प्रयोग गरेको ऋणको विषयमा अनुसन्धानका लागि भन्दै कागजात नियन्त्रण लिइएको हो ।

यसअघि ११ कात्तिकमा सिइआइबीले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई पक्राउ गरेको थियो ।

सहकारीसँग सम्बन्धित ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गरिरहेको सिआइबीले बैंकमा छापा मारेको हो ।