काठमाडौँ । टर्किएले बढ्दो बिजुलीको मागलाई सम्बोधन गर्न २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
टर्किएले आफ्नो वायु र सौर्य क्षमतालाई १ लाख २० हजार मेगावाटमा बढाउने लक्ष्य राखेको छ ।
ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पर्सलान बायरक्तरले २०२६ को लागि संसदको बजेट छलफलका क्रममा सन् २०३५ सम्ममा नवीकरणीय ऊर्जामा ८० अर्ब अमेरिकी डलर लगानी गर्ने जानकारी दिए ।
मन्त्री अल्पर्सलानकाअनुसार घरेलु कोइलाबाट चल्ने पावर प्लान्टहरूलाई सहयोग गर्न र नयाँ उच्च–भोल्टेज प्रसारण लाइनहरू र ट्रान्सफर्मर सबस्टेशनहरूको निर्माण सहित ग्रिड पूर्वाधार सुधार गर्न लगानी केन्द्रित गर्ने छ ।
टर्कीले आणविक ऊर्जा विकासमा पनि आफ्नो प्रयासलाई तिब्र पारिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्