५० करोडको ऋणपत्र जारी गर्दै स्वाबलम्बन लघुवित्त


काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले रु. ५० करोडको ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको कम्पनी सचिव चन्द्रमणि चौलागाईले जानकारी दिए ।