काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले यी कोषमा रहेको ३ अर्ब ७० करोड रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम तथा उक्त रकम लिनको लागि प्रस्ताव गरेको ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २०२५ नोभेम्बर १८ देखि २०२६ नोभेम्बर १८ सम्म ३६६ दिनको मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम खुलाई २०८२ कात्तिक २६ गते बेलुका ८ बजेभित्र लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न सक्ने छन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ९६ करोड रूपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ५५ करोड ५० लाख रूपैयाँ र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा १८ करोड ५० लाख रूपैयाँ लगानी गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्