दिल्लीको लाल किल्ला नजिक विस्फोट, १० जनाको मृत्यु, २४ घाइते


काठमाडाैँ । भारतको राजधानी दिल्लीस्थित लाल किल्ला नजिकै सोमबार साँझ ठूलो बम विस्फोट भएको छ। विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। विस्फोटको कारण अहिलेसम्म स्पष्ट छैन, तर सुरक्षा कारणले दिल्लीसहित मुंबई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ।

घटनापछि प्रहरीले क्षेत्रलाई चारैतिरबाट घेरिएको छ। फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने वरिपरिका सीसिटिभि फुटेजहरूको अध्ययन भइरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग सम्पर्क गरी घटनाको जानकारी लिएका छन्। प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।