पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान


काठमाडाैँ ।ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलवार एक कार्यक्रमबिच सो प्रणालीको सुभारम्भ गरेका हुन् । आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले सो प्रणाली जडान गरिएको मेयर महर्जनले बताए।

उनले सो प्रणाली परीक्षणको रुपमा सञ्चालनमा ल्याएको र त्यसले प्रभावकारी ढंगले काम गरे ललितपुरको सबै चोकहरूमा जडान गर्ने योजना रहेको पनि जानकारी दिए ।