बागमती प्रदेशः ५२.६ प्रतिशत कृषि कर्जा काठमाडौँमा


काठमाडौँ । बागमती प्रदेशमा २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब २१ अर्ब रूपैयाँ कृषि कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनले बागमती प्रदेशमा १.३ प्रतिशतले कृषि कर्जा वृद्धि भएको जनाएको छ ।

गत वर्ष यस्तो कर्जा ५.१ प्रतिशतले घटेको थियो । बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जा मध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६.१६ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत, चितवन जिल्लाको हिस्सा २३.१ प्रतिशत, मकवानपुर जिल्लाको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा ४.३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहको छ ।

कृषि कर्जाको अवस्था हेर्दा काठमाडौं र चितवनमा अधिकेन्द्रित भएको देखिन्छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको कर्जा सीमा बमोजिम केन्द्रीय एवम् क्षेत्रीय कार्यालयहरूबाट कर्जा स्वीकृत हुने र त्यस्ता कार्यालयहरू धरै जसो काठमाडौा जिल्लामा भएको कारण सो जिल्लाहरूको कृषि कर्जाको हिस्सा बढी देखिने गरको अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा चितवन जिल्लाको हिस्सा सबैभन्दा बढी १३.१ प्रतिशत, भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम १.७ प्रतिशत रहेको छ भने काठमाडौँ जिल्लाको हिस्सा ३.१ प्रतिशत रहेको छ ।

तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा काभे्रपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी १९.८ प्रतिशत भक्तपुर जिल्लाको
हिस्सा सबैभन्दा कम १.८ प्रतिशत रहेको छ भने काठमाडौँ जिल्लाको हिस्सा ५.७ प्रतिशत रहेको छ ।

फलफूलले ढाकेको क्षेत्रफलमा सिन्धलुी जिल्लाको हिस्सा सबैभन्दा बढी २८.६ प्रतिशत, मकवानपुर जिल्लाको हिस्सा नगन्य रहको छ भने काठमाडौँ जिल्लाको हिस्सा १.० प्रतिशत रहेको छ । यसैगरी, मसला बालीले ढाकेको क्षेत्रफलमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी २३.९ प्रतिशत, भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम ०.३ प्रतिशत रहेको छ भने काठमाडौँ जिल्लाको हिस्सा ०.८ प्रतिशतमात्र रहेको छ ।