काठमाडाैँ । मधेस प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन सुरू गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मधेस प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् ।
सात राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका हुन् । धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दाबी गर्दै आएका छन् ।
उनीहरूले एमालेको नेतृत्वमा बनेको यो सरकारलाई अवैध सरकार भनेका छन् । धर्ना स्थलमा सांसदहरूले नारा लगाउँदै सरकारविरुद्ध तिब्र नाराबाजी गरेका छन् । यसैबीच, विरोधी दलहरूले कानूनी बाटोबाट पनि यो मुद्दालाई अगाडि बढाएका छन् ।
एमालेबाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्