काठमाडाैँ । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् ।
मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण लिएका हुन्।
सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो । साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्