तोलामा २१ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । ब्धबार सुनको मूल्य प्रतितोला २ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला २ लाख ४४ हजार ३०० रूपैैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर ३ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको छ ।