काठमाडाैँ । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन र ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले स्याङ्जामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ११ः४५ बजे पुतलीबजार नगरपालिकाका विभिन्न स्थानमा कारवाही गरेको हो।
प्रहरीका अनुसार स्याङ्जा पुतलीबजार नगरपालिका–३ पुतलीखेत आँधिखोला नजिकैबाट ग.१ त. ७०६३ नम्बरको ट्याक्टर ढुङ्गा ओसारपसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइयो। त्यस्तै, पुतलीबजार नगरपालिका–१० बर्जा स्थित सिद्धार्थ राजमार्गमा ग.१ त. ६४४० नम्बरको अर्को ट्याक्टर गिट्टी बोकेर ल्याइरहेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुबै ट्याक्टरलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि पुतलीबजार नगरपालिका कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्