सरकारले जेनजीका माग भन्दा निर्वाचनलाई प्राथमिकता दियो : सुदन गुरुङ


काठमाडाैँ । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् ।

बिहीवार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्नकाे लागि नलडेको बताए ।

उनले जेन–जीका मागहरू पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहँदा जेन जी आन्दोलनले न्याय नपाउने बताए ।  

“हामी चुनावमा जाँदैनौँ । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् ।” सुदनले भने, “गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन।”