काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सेयर मापक परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १६ करोड ८० लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा माबिलुङ इनर्जी, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन, सागर डिस्टिलरी, बुङ्गल हाइड्रोपावर, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ४.८२ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्