गरिमा विकास बैंकको लाभांश पारित


काठमाडौं । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । बिहीबार पोखरा स्थित होटल ग्राण्डमा सम्पन्न साधारणसभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले विकास बैंकको आव चालुको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत असार मसान्तको वासलात, ०८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूची पारित गरेको छ ।

त्यस्तै सभाले लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहित अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड पु¥याउने विषेश प्रस्ताव समेत पारित गरेको छ ।

लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयरपछि ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।