काठमाडाैँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताएका छन् ।
वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले अहिले अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै अब विगतमा जस्तो सरकारले डोहोर्याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताएका हुन् ।
उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गरे । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरू हुने गरेको उल्लेख गरे ।
“नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरु भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् । यस पटक जसरी जेन जीहरुले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरु जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ,”उनले भने ।
अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताए । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्