काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यसमायोजन गर्दै पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि गरेको छ।
भारतबाट आयात हुने इन्धनको खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र वृद्धि गर्ने निर्णय गरेको हो।
निगमका अनुसार नयाँ दर शनिबार रातीदेखि लागू हुनेछ। यसअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६१ रुपैयाँ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया दिनुहोस्