काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ अर्ब रूपैयाँभन्दा बढिको सफ्टवेयर निर्यात भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालबाट ४ अर्ब ९० करोड ९३ लाख रूपैयाँ बराबरकाे सफ्टवेयर निर्यात भएको हो । यो अवधिमा नेपालले ६१ करोड ५६ लाख रूपैयाँ बराबरको आयात पनि गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ५४ करोड २५ लाख रूपैयाँ बराबरको निर्यात गर्दा ५१ करोड ५६ लाख रूपैयाँ बराबरको आयात गरेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्