यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक हेर्दैछौँः ओली


काठमाडाैँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् ।

आइतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताएका हुन् ।

त्यसका लागि जेनजीहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेन–जीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताए । वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गरे।

जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताए। आफूहरू बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ ।  अध्यक्ष ओलीले वर्तमान सरकारले कला बिहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गरे ।