काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक ५.१५ अंकले बढेर २५४०.५७ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८करोड ९० लाख ७३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा सागर डिस्टिलरी, बुङ्गल हाइड्रोपावर र बन्दीपुर केबलकार एण्ड टुरिजमका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९९ प्रतिशत,ले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्