जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गरेका हुन् । उनले सुशासन, भ्रष्टाचारको,  ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए ।

सरकारले निजी क्षेत्रको सम्पतीको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ । 

“जेन–जीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको,  ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरू भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ ।  गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,” उनले भने ।

अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरूबाट अनलाइनबाट भन्सार मूल्याङ्कनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उनले प्रशंसा समेत गरे।  ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गरे।

उनकाअनुसार  ११ खरब भन्दा बढी  बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरूको लागत बढेको छ । उनले धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरूलाई आइपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाए  । उनले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गरे।