काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा सरकारले ३ खर्ब २९ अर्ब ५१ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२ ८३ को कात्तिक मसान्तसम्म लक्ष्यको तुलनामा ७७.४९ प्रतिशत राजस्व संकलन गरेको हो ।
कात्तिक मसान्तसम्म ४ खर्ब २५ अर्ब २३ करोड १७ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
सरकारले कात्तिक एक महिनामा ७८ अर्ब ३३ करोड ३९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
सरकारले भन्सार महसुलबाट ७४ अर्ब ५९ करोड ८ लाख रूपैयाँ, मूल्य अभिवृद्धि कर एक खर्ब ६ अर्ब ११ करोड ४६ लाख रूपैयाँ, अन्त शुल्क ६२ अर्ब १ करोड ६ लाख रूपैयाँ, शिक्षा सेवा शुल्क र अन्य २ अर्ब २ करोड ३७ लाख ३७ लाख रूपैयाँ, आयकर ६१ अर्ब १५ करोड २५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै, सकारकराले अन्य राजस्व (गैर कर) र विविध पनि राजस्व संकलन गरेको हो ।
भन्सार विभागबाट एक खर्ब ५४ अर्ब ३५ करोड ३७ लाख रूपैयाँ, आन्तरिक राजस्व विभागबाट एक खर्ब ५२ अर्ब ५३ करोड ८४ लाख रूपैयाँ र अन्य राजस्व (गैर कर) जम्मा १९ अर्ब ६५ करोड ८१ लाख रूपैयाँ संकलन गरेको जनाएको छ ।
राजस्वमा भन्सार महसुलको २२.८४ प्रतिशत, मूल्य अभिवृद्धि करको ३२.८० प्रतिशत, अन्त शुल्कको १८.९९ प्रतिशत, शिक्षा सेवा शुल्क र अन्य ०.६२ प्रतिशत, अन्य राजस्व (गैर कर) ६.०२ प्रतिशत र आयकरको १८.७३ प्रतिशत हिस्सा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्