साउदी अरबमा बस दुर्घटना हुँदा ४२ भारतीयको मृत्यु


काठमाडाैँ । साउदी अरेबियामा सोमबार राति सडकमा बस दुर्घटनामा ४२ भारतीयको मृत्यु भएको छ।

मक्काबाट मदीना जाँदै गरेको बस डीजल ट्यांकरसँग ठोक्किँदा आगो लागेको थियो। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार बसको चालक मात्र जीवित बचेका छन् ।

मृतकमध्ये अधिकांश हैदराबादका नागरिक रहेको बताइएको छ। दुर्घटना मदीना नजिक करिब १६० किलोमिटर टाढा मुहरास क्षेत्रमा भारतीय समयअनुसार रात करिब १ः३० बजे भएको थियो।