काठमाडाैँ । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् ।
सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गरे।
प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उनको तर्क थियो । नेता अधिकारीले संसद पुनःस्थापना र युवा पुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यको माग सम्बोधन गरेर मात्रै मुलुकलाई निर्वाचन अघि बढाउन नसकिने अडान समेत राखे ।
नेता अधिकारीले राजनीतिक दलका नेताहरूलाई भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नमिल्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्