आँधिखोला क्षेत्रमा माछा मार्न भीरकोट नगरपालिकाले लगायाे रोक


काठमाडाैँ । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधिखोला क्षेत्रमा माछा मार्न पूर्ण प्रतिबन्ध लगाएको छ।

नगरपालिका मातहत रहेका नदी र खोलामा हालै विभिन्न प्रजातिका माछाका भुरा छोडिएको भन्दै नगरपालिका कार्यालयले सूचना जारी गरी अर्को सूचना नआएसम्म माछा मार्न नपाइने स्पष्ट गरेको हो।

माछाका भुराहरू संरक्षणको चरणमा रहेकाले त्यसको विकास, वृद्धि र संरक्षणका लागि केही समय नदी क्षेत्र सुरक्षित राखिनुपर्ने नगरपालिकाको भनाइ छ।

सूचनामा प्रतिबन्धको अवज्ञा गरी माछा मार्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही र जरिवाना लाग्ने चेतावनी पनि दिइएको छ।