काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो प्रस्ताव गरेका हुन् ।
अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकीर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पती जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुनेगरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए। संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानविय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिनेगरी अघि बढ्नुपर्ने बताए ।
नेता गौतमले राज्यले आवश्यक परे २० खर्व खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्