काठमाडाैँ । नेपाली क्रिकेटप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघ सँगको साझेदारी निरन्तरता दिएको घोषणा गरेको छ।
यस साझेदारीअन्तर्गत कम्पनीले देशका प्रमुख क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट तथा कोटिङ उपलब्ध गराउँदै खेल पूर्वाधारको समग्र सुधारमा महत्वपूर्ण योगदान दिंदै आएको छ।
जसअनुसार, जस्मिन पेन्ट्सले टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्डलाई प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरी दुवै स्टेडियमलाई अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग गरेको छ।
यी मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका प्रमुख खेलस्थल भएकाले खेलाडी र दर्शकका लागि सफा, उज्यालो र मनमोहक वातावरण निर्माणमा योगदान दिन पाएकोमा कम्पनीले गर्व व्यक्त गरेको छ।
कम्पनीका अनुसार यो पहल केवल स्पोन्सरशिप अभियान नभई राष्ट्रप्रतिको योगदान र खेलमार्फत एकता तथा उत्साह जगाउने उद्देश्यले अघि बढाइएको सहकार्य हो। राम्रो पूर्वाधारले खेलको विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वासका साथ उदयीमान प्रतिभाहरूलाई सिक्न, प्रतिस्पर्धा गर्न र उत्कृष्टता हासिल गर्न मद्दत पुग्ने मैदान सुधारमा सहभागी हुन पाउनु गौरवको विषय भएको कम्पनीले जनाएको छ।
३० वर्षभन्दा बढीको अनुभव र विश्वसनीयतासहितको स्वदेशी ब्रान्ड जस्मिन पेन्ट्स नेपाली क्रिकेटको यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छ। नयाँ सिजन नजिकिँदै गर्दा कम्पनीले नेपालको क्रिकेट वातावरणलाई अझ रंगीन, जीवन्त र प्रेरणादायी बनाउन सहयोग निरन्तर जारी राख्ने अपेक्षा व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्