काठमाडौँ । सेवा हाईड्रो लिमिटेडले सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्ने मुख्य एजेण्डासहित साधारण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले यहि मंसिर २७ गते काठमाडौँको बानेश्वरमा स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्