काठमाडौँ । एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि.ले नेपाल प्रिमियर लिग (एनपिएल) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घाेषणा गरेकाे छ । नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्सले आगामी सिजनका लागि एनपिएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनर बन्ने गरी साझेदारीको घोषणा गरेकाे हाे।
सम्झौता टीयू क्रिकेट मैदानमा एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्रा. लि.का कार्यकारी निर्देशक अंकुर खनाल, महाप्रबन्धक प्रियदर्शी राय र नेपाल क्रिकेट संघ (क्यानका) सचिव पारस खड्का बिच सम्झाैता भएकाे हाे ।
यस साझेदारीले प्रदर्शनका दुई शक्तिशाली क्षेत्र क्रिकेट र इञ्जिन ल्युब्रिकेसनलाई एकसाथ ल्याएको जनाएकाे छ।
“यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शन गर्ने हाम्रो साझा मूल्यहरूको प्रतिविम्ब हो,” एम.ए.डब्ल्युका प्रतिनिधिहरूले कार्यक्रममा भने, “जसरी एचपी ल्युब्रिकेन्ट्स इञ्जिनलाई उच्च क्षमतामा चलाउन मद्दत गर्छ, त्यसैगरी हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलने खेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।”



प्रतिक्रिया दिनुहोस्