पशुपतिमा बाला चतुर्दशीका सबै तयारी पूरा, शतबीज छराइमा सावधानी अपनाउन कोषकाे आग्रह


काठमाडाैँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सम्पन्न भएको छ । 

बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सम्पन्न भइसकेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मंगलवार रातभर दीप प्रज्वलन गरी बुधवारका दिन शतबीजारोपण गर्न आवश्यक तयारी पुरा भएको बताइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाला चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ ।

मन्दिर प्राङ्गण, मुख्य  क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न कोषले भक्तजनहरुलाई आग्रह समेत गरेको छ ।