संशोधित औषधि ऐनविरुद्ध व्यवसायीको आन्दोलन सुरू, ‘नविकरण नहुँदा संस्था खारेज’ प्रावधान हटाउन माग


काठमाडाैँ। औषधि व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन सुरू गरेका छन् ।

मंगलवार काठमाडौँको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धि प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरू गरेका हुन् ।

संस्थाको नविकरण एक महिना भित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरुले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको नेपाल औषधि व्यवसायी संघ, काठमाडौँका महासचिव शुभमान श्रेष्ठले बताए ।

उनले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नविकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीह?को आपत्ति छ । त्यसैगरी उनीहरुले समयमा नविकरण नभए नविकरण दस्तुर पनि सय प्रतिशतनै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन ।