दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीले बुझाएको निवेदनअनुसार प्रसाईंलाई चार दिनको म्याद दिएको हो ।

प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति उनको निवासबाट पक्राउ गरेको थियो। उनी मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने तयारीमा लागेको भन्दै बारम्बार अभिव्यक्ति दिँदै आएका थिए।

उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोप लगाइएको छ।