काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दैै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए । उनले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत गरे ।
“देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत खरिदका विद्युत विक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डह?त देखिएका थिएनन त ? अहिले जुन देखिएको छ । त्यो त देखिएको थिएन,”उनले भने ।
अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहिनता, अराजकता र अन्यौलग्रस्त अवस्थामा पुर्याएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्