काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हाल देशमा विकसित राजनीतिक घटनाक्रमलाई प्रतिगामी ठहर गर्दै त्यसविरुद्ध पार्टीले सडक आन्दोलनमा जानुपर्ने बताएका छन्।
मंगलवार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन संविधानमाथिको आक्रमण भएको बताएका हुन्। उनले संसद अनधिकृत रूपमा विघटन गरी संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसको विरुद्ध निर्णायक आन्दोलनमा जाने आवश्यक रहेको बताए ।
उनले भने, “गत भदौ २३, २४ को घटनापछि देशमा प्रतिगमन भएको छ। यसको विरुद्ध हामीले सडकमा उत्रिनुपर्छ, जनतालाई संगठित गर्नुपर्छ र निर्णायक आन्दोलनमार्फत प्रतिनिधि सभा पुनःस्थापनाको अभियान अघि बढाउनुपर्छ। हामीले हरेक परिस्थितिमा आफूलाई खरो रूपमा उतार्न सक्नुपर्छ,”।
पौडेलले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाबारे थप छलफल जारी रहेको पनि जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्