मंगलबार नेप्से परिसूचक १५ अंकले बढ्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ९१ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा सागर डिस्टिलिरी र माविलुङ इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै एभरेष्ट बैंकको डिबेन्चर २०९१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ३.५४ प्रतिशतले घटेको छ ।

कुल ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ५४ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।