काठमाडाैँ । बलिङमा राम्रो साथ पाउन नसक्दा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण हारबाट सुरू गरेको छ ।
कीर्तिपुरमा कर्णाली मंगलवार चितवन राइनोजसँग चार विकेटले पराजित भएको हो । त्रिवि क्रिकेट स्टेडियममा कर्णालीले एक सय ६७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य चितवनले १९.१ ओभरमा मात्र ६ विकेटको क्षतिमा पूरा गर्यो । बलिङमा साथ पाउन नसक्दा कर्णालीले हारबाट दोस्रो सिजनको सुरूवात गर्यो ।
अनुभवी ब्याटर रवि बोपाराले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेल्दै चितवनलाई जित दिलाए । ३६ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे । यद्यपि, चितवनको शुरुवात राम्रो हुन सकेन । ओपनर डविड मलान ६ रन र देव खनाल २ रनमै आउट भए । ३.६ ओभरमा चितवन २९/२ को अवस्थामा थियो । अर्का ओपनर दीपक बोहराले ३६ बलमा ४२ रन जोड्दै इनिङ उकासे ।
९.२ ओभरमा उनी युवा स्पिनर युवराज खत्रीद्वारा क्याच हुन पुगे । फेरि चितवन दबाबमा पर्यो । तर, बोपाराले कप्तान कुशल मल्ल ३४ रन र सैब जैबसँग ५२ रनको दुई वटा महत्वपूर्ण साझेदारी गर्दै जिततर्फ अग्रसर गराए । कुशल २० बलमा आउट हुन पुगे । सैबले १६ बलमा ३८ रन जोडे ।
उनको इनिङमा दुई चौका र चार छक्का रह्यो । १६ औं ओभरसम्म कर्णालीले खेल नियन्त्रणमा नै राखेको थियो । तर १७औं, १८ औं र १९औं ओभरमा कर्णाली महंगो भयो । यो तीन ओभरमा चितवनले ४० रन जोड्दै खेल आफ्नो पक्षमा राख्यो । १८औं ओभरमा कप्तान सोमपाल कामी बलिङमा आए । तर उनले जित दिलाउन भने सकेनन् । चितवनको जितमा रबिले अलराउन्ड प्रदर्शन गरे ।
उनी प्लेअर अफ दी म्याच भए । उनले ३६ बलमा समान तीन चौका र छक्का प्रहार गरे । भेट्रान क्रिकेटर सोहेल तनभिरले छक्का हिर्काउँदै पाँच बल अगावै जित दर्ता गराए । कर्णालीका ६ बलर प्रयोग गरे पनि सबै महँगा साबित भए । सोमपालले दुई तथा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले समान एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले राम्रो सुरुवात गर्यो । तर, निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाउँदै कर्णालीले एक सय ६६ रन मात्र जोड्न सक्यो । ओपनर प्रियान्क पन्चलको उत्कृष्ट ब्याटिङ गरे । उनले ४८ बलमा ९० रन जोडे । उनको इनिङमा सात चौका र ६ छक्का रह्यो । पावर प्लेमा बिना विकेट कर्णालीले ५१ रन जोडेको थियो ।
एक छेउबाट पन्चलले आक्रामक ब्याटिङ गरे । तर, अर्का ओपनर म्याक्स ओ डौडसँगै मार्क वाटले सुस्त ब्याटिङ गरेपछि कर्णालीले विशाल योगफल बनाउन सकेन । म्याक्स ३० बलमा २० रन र वार्ट २१ बलमा १६ रन जोडेर आउट भए । त्यसअघि पहिलो विकेटका लागि म्याक्स र पन्चलबीच ६१ रनको साझेदारी बन्यो ।
नवौं ओभरमा उनी सैब जैबबाट बोल्ड भए । दोस्रो विकेटका लागि पनि पन्चलले वार्टसँग ६३ रनको साझेदारी गरे । कर्णालीले १३.५ ओभरमा नै सय रनको आँकडा पार गरेको थियो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले १६ बलमा २७ रन जोड्दै इनिङ उकासे पनि पर्याप्त भएन ।
उनले एक चौका र तीन छक्का प्रहार गरे । कर्णालीको बलिङमा सोमपालले दुई तथा युनिस, मार्क र युवराजले समान एक विकेट दिलाए । पहिलो संस्करण प्लेअफमा पुगेको कर्णालीले हारबाट सुरूवात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्