काठमाडाैँ । काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले राहदानी विभाग त्रिपुरेश्वर बाहिर सेवाग्राहीलाई राहदानी छिटो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिने र विभागीय काममा अवरोध पुर्याउने व्यक्तिहरूलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा साेमबार खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न आठ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरू जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडाैँमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पठाइएका छन्।
पक्राउ पर्ने व्यक्तिहरूमा सन्जय आङ्देम्बे, २६ वर्ष, स्थायी वतन पाँचथर र हाल ललितपुर, प्रेम बहादुर लामा, २५ वर्ष, स्थायी वतन सिन्धुपाल्चोक र हाल काठमाडाैँ, टेक बहादुर सुनार, २९ वर्ष, स्थायी वतन सुर्खेत र हाल काठमाडाैँ, भगवान तामाङ, १८ वर्ष, स्थायी वतन सिन्धुपाल्चोक र हाल काठमाडाैँ, साजन श्रेष्ठ, ३० वर्ष, स्थायी वतन दोलखा र हाल काठमाडाैँ, ख्याम बहादुर श्रेष्ठ, ३२ वर्ष, स्थायी वतन काठमाडाैँ र हाल काठमाडाैँ, गोकुल बहादुर श्रेष्ठ, ४० वर्ष, स्थायी वतन रामेछाप र हाल काठमाडाैँ, तथा जिवन लामा, ३८ वर्ष, स्थायी वतन सिन्धुपाल्चोक र हाल काठमाडाैँमा रहेका छन्।
प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार थप अनुसन्धान जारी रहेको छ र आवश्यक कारबाही अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्