काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दैै आफूहरू अदालत जाने बताएका छन् ।
मंगलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरुको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको काम गर्दैं आफ्नो पार्टी कानूनी उपचारका लागि अदालत जाने बताएका हुन्।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानूनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकीर समेत पटक पटक गरे।
उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्याए ।
वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नैै नसक्ने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागि, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्