काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन र सुझाव पेश गर्न सरकारले समिति गठन गरेको छ। प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो।
उक्त समितिले नेप्सेको वर्तमान संरचना, सञ्चालन प्रणाली र सुधार आवश्यक क्षेत्रहरूको अध्ययन गरी सुझाव पेश गर्नेछ। समितिको गठनले नेपाली पूँजी बजारको पारदर्शिता, सञ्चालन क्षमता र लगानीकर्ताको विश्वास बढाउने उद्देश्य राखेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्