काठमाडाैँ । सरकारले नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गरेको छ ।
मंसिर २ गते बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरू बुधवार सुनाउँदै सरकारका प्रवक्ता एवं अन्तरिम सरकारका सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए।
त्यस्तै सरकारले जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाली सेनाका दुईजना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने, ल्याण्ड फोर्स टकको छैटौं बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्