काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीको नाममा माओवादी र राजावादीहरुले एयरपोर्ट लगायतका स्थानहरूमा तोडफोड गरेको आरोप लगाएका छन् ।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरूले सिमरा एयरपोर्टमा बन्द हुनेगरी तोडफोडमा उत्रेको दाबी गरेका हुन् । २५/३० जना माओवादी, राजावादीसहितका विभिन्न शक्तिहरूले एमालेको विरोध गर्न सो अपराधिक गतिविधि गरेको नेता बस्नेतको भनाइ थियो ।
उनले बुधवार अपरान्ह एक कार्यक्रममा पत्रकारहरूमाझ लोकतान्त्रिक पद्धतिलाईं अंगीकार गर्न नसक्नेहरूले बारामा आफ्नो पार्टीलाई कार्यक्रम गर्न पनि निषेध गरेको जिकिर समेत गरे ।
नेता बस्नेतले वर्तमान सरकारले चुनाव नगराउने पार्टीको अडान पुष्टि हुँदै गएको दाबी समेत गरे।



प्रतिक्रिया दिनुहोस्