स्वावलम्बन लघुवित्तले १० प्रतिशत लाभांश प्रस्ताव


काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले कुल १० प्रतिशत लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस सेयर र करसहित ४.३६३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

संस्थाले वितरणयोग्य मुनाफाबाट तयार गरिएको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ। सभा बाट पारित भएपछि लाभांश सेयरधनीहरूलाई वितरण गरिने संस्थाले जनाएको छ।