काठमाडौँ । स्पेनकाे ओनेरा ग्रुपसँग सहकार्य गर्दै जीएआइ ग्रुपले नेपालमै पहिलोपटक अत्याधुनिक व्यावसायिक भान्सा (कमर्सियल किचन) उपकरण प्रदर्शन गर्ने सोरुम सानो भर्याङमा सञ्चालनमा ल्याएको छ।
ओनेरा ग्रुपअन्तर्गतका फेगोर, इडेनक्स/एस्बर गरी तीन ब्रान्डका उच्चस्तरीय भान्सा–सम्बन्धी उपकरण सोरुममा उपलब्ध छन्।
पर्यटनको उल्लेख्य सम्भावना बोकेको नेपालमा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा आवश्यक विश्वस्तरीय सामग्री सहज रूपमा उपलब्ध भएपछि यस क्षेत्रमा नयाँ आयाम थपिने विश्वास जीएआइ ग्रुपले व्यक्त गरेको छ।
ओनेरा ग्रुप–फेगोर स्पेन तथा फेगोर युएईका प्रतिनिधिसहितको उपस्थितिमा आगामी नोभेम्वर २० मा सोरुम उद्घाटन हुने प्रबन्धक निलु बज्राचार्यले जानकारी दिइन्।
उद्घाटनपछिका तीन दिन विभिन्न होटल तथा रेस्टुरेन्ट व्यवसायी, सेफ तथा सरोकारवालालाई विशेष निमन्त्रणा दिई आवश्यक जानकारी प्रदान गरिने र नोभेम्वर २३ देखि सोरुम सर्वसाधारणका लागि खुला रहने उनले बताइन्।
जीएआइ ग्रुपले सन् २०१६ देखि नेपालमा व्यावसायिक भान्सा (कमर्सियल किचन) तथा व्यावसायिक चिस्यान (कमर्सियल रेफ्रिजरेसन) सम्बन्धी उपकरण एकै स्थानमा उपलब्ध गराउँदै आएको छ।
फेगोर, युनक्स विन्टरहाल्टर, सामिक, ला करिमाली, वाइपिटी, एलानप्रो, वास्म्याटिक, इनफ्रिको लगायतका विश्वस्तरीय ब्रान्डका उपकरण आपूर्ति गर्दै आएको समूहले कुनै पनि होटल तथा रेस्टुरेन्ट किचनमा आवश्यक उच्चस्तरका सामग्री प्रदान गर्नुका साथै दक्ष डिजाइनरमार्फत किचन डिजाइन तथा उपयुक्त उपकरण छनोटमा पनि सहयोग गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्