नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबिच एकता अन्तिम चरणमा


काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको छ । 

बिहीवार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एकताका लागि दुवै पार्टीबिच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनकाअनुसार एकता प्रक्रियालाई अन्तिम रूप दिन शुक्रवार फेरी कार्यदलस्तरीय छलफल हुनेछ । 

नेपाली कम्युनिष्ट पार्टीले विचार र  सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए ।