३ अर्ब ७६ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ अर्ब ७६ अर्ब रूपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

उपदान तथा पेन्सन कोषमा भएको रकम राष्ट्र बैंकले ३६६ दिनको लागि बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लागि ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले नोभेम्बर २७, २०२५ देखि नोभेम्बर २७, २०२६ सम्मको लागि निक्षेपमा लिन चाहेको रकम २०८२ मंसिर ८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव आह्वान गरेको छ ।

वाणिज्य बैंकमा ३ अर्ब ८० लाख रूपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ५६ करोड ४० लाख रूपैयाँ र राष्ट्रियस्तरको विकास बैंकमा १८ करोड ८० लाख रूपैयाँ लगानी गर्न लागेको जनाएको छ ।