काठमाडाैँ । विघटित प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले)ले काठमाडौंमा वृहत जनसभा आयोजना गरेको छ ।
शनिवार काठमाडौँको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले सम्बोधन गर्ने नेता पार्वत गुरुङले जानकारी दिए।
सभामा अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले असंवैधानिक रुपमा गठन भएको वर्तमान सरकारको मनसाय नै निर्वाचन गराउने नरहेको जिकिर गर्दै त्यसका विरुद्ध वडा तहदेखि नै जनपरिचालनको कामलाई अघि बढाएको छ ।
उसले यही मंसीर २७, २८ र २९ गते आयोजना गरिएको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको कामलाई पनि एकसाथ अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्