काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजानिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाईल ग्यारेज’ सार्वजानिक गरिएको हो । मोबाईल ग्यारेज एपले सवारी साधान बिग्रिएमा मिस्त्रीहरु उपलब्ध गराउनेछ ।
मोबाइल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उदेश्यले मोबाईल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिए ।
सवारीसाधानमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रुपमा रियल टाईममा नै मिस्त्री उपलब्ध हुने उनले बताए ।
उनले ग्यारेजसम्बन्धी सीप भएकाहरूलाई रोजगारी पनि मोबाइल एपकोमार्फत उपलब्ध हुने उल्लेख गरे। यो एपले सवारी धनी र मिस्त्रीको पुलको रूपमा काम गर्ने उनको भनाइ छ । उनले दुई वर्षको प्रयासपछि मोबाईल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिए ।
उनले एपले रियल टाईम सेवा, प्रमाणित मिस्त्री प्रोफाईल, सजिलो एप साईनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिए। एपमा ग्यारेज सञ्चालक र सवारीधनी जोडिन सक्नेछन् । मोबाइल एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकहरूले मेकानिकको प्रोफाईल बनाउनुपर्ने र सेवाग्राहीले साईनअप गर्नुपर्ने सुविधा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्