२ हजार ९ सय रुपैयाँले बढ्यो सुन


काठमाडाैँ । सुनको भाउ आईतवार २ हजार ९ सय रुपैयाँले बढेको छ ।

अघिल्लो साताको अन्तिम शेयर कारोबार दिन शुक्रवार १ हजार ३ सयले घटेको सुन आज २९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४  हजार ६ सय कायम भएको छ ।

शुक्रवार सोही परिमाणको सुन २  लाख ४१ हजार ७ सय रुपैयाँमा खरिदविक्री भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ ।

महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भइरहेको छ ।गत शुक्रवार चाँदीको मूल्य ३ हजार १ सय पुगेको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।